आठराई त्रिवेणी गाउँपालिका तपाईलाई हार्दिक स्वागत गर्दछ।।

गाउँपालिकाको परिचय

आठराई त्रिवेणी गाउँपालिका पूर्वी नेपालको मेची अञ्चल अन्तरगत ताप्लेजुङ जिल्लाको दक्षिणपश्चिम  भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो  । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा ताप्लेजुङ जिल्लामा साविकको फूलबारी, निघुरादीन,चाँगे र हाङपाङ गाउँ विकास समितिहरूलाई आठराई त्रिवेणी गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको कूल क्षेत्रफल ८८.८३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १३७८४ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा याङ्गवारक गाउँपालिका र पाँचथर जिल्ला पश्चिममा मैवाखोला गाउँपालिका  उत्तरमा फुङ्लिङ नगरपालिका तथा दक्षिणमा तेह्रथुम जिल्ला सम्म फैलिएको छ ।                                                             वडा विभाजन  वडा नं  समावेश भएका साविकका गा.वि.स हरु  साविक वडा नं  १  निघुरादिन  १-९  २  फूलवारी  १-९  ३  हाङ्गपाङ्ग   १-९  ४  चाँगे  ५-९  ५  चाँगे  १-४